काठमाडौं, २६ मंसिर । नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानीरिक्षक एआइजीमा बढुवा निर्णय भएको भोलिपल्टै विश्वराज पोखरेललाई दज्र्यान्ही चिन्ह प्रदान गरिएको छ । आज प्रहरी प्रधान कार्यालयमा आइजीपी शैलेश थापा क्षेत्रीले पोखरेललाई दज्र्यान्ही चिन्ह प्रदान गरेका हुन् ।
मन्त्रिपरिषदको निर्णयले पोखरेललाई बिहिबार एआइजीमा बढुवा गर्ने निर्णय गरेको हो । यसअघि उनलाई बढुवा गर्नकै लागि एआइजीको दरबन्दी थप गरिएको थियो । यसअघि नेपाल प्रहरीमा तीनजना एआइजीको दरबन्दी रहेकोमा अब चारजना बनाइएको छ ।
एआइजी बढुवा भएका पोखरेलले कार्य विभागको जिम्मेवारी समेत पाएका छन् । कार्य विभाग महत्वपूर्ण मानिन्छ ।
बढुवासँगै पोखरेलको भावी आइजीपी बन्ने सम्भावना निश्चितप्रायः भएको छ । हालका आइजीपी शैलेश थापा क्षेत्रीपछि उनी वरिष्ठताका आधारमा आइजीपी बन्ने सम्भावना बलियो भएको छ ।