Logo

यस्तो रह्यो वीरगञ्जमा कांग्रेसको सरकारविरुद्ध प्रदर्शन



वीरगंज, २९ मङ्सिर । नेपाली कांग्रेस, पर्साले सोमवार वीरगंजमा सरकारविरुद्ध प्रदर्शन गरेको छ । केन्द्रीय कार्यक्रम अन्तर्गत सोमवार वीरगंजको घण्टाघरबाट निकालिएको ¥याली नगर परिक्रमापछि सोही ठाउँमा पुगेर सभामा परिणत भएको थियो ।

सभामा काँग्रेस केन्द्रीय सदस्य रमेश रिजालले बहुमत सरकारले जन अपेक्षा अनुरूप काम नगरेको आरोप लगाए । उनले मन्त्रीहरू भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए ।

अर्का केन्द्रीय सदस्य अजय चौरसियाले तीनै तहको सरकार भ्रष्टाचारमा लिप्त रहेको बताए । पूर्वमन्त्री सुरेन्द्रप्रसाद चौधरीले खुला सीमा कोरोनाको कारण बन्द गरिएकोमा आपत्ति जनाए । उनले भारत सरकारले आप्mनो सीमा खोलिसकेको अवस्थामा आवतजावत भइरहेको तर सरकारले नाका बन्द गर्दा सीमाका जनताले सास्ती भोग्नुपरेको बताए ।

काँग्रेस पर्साका सभापति अजय द्विवेदीको सभापतित्वमा भएको विरोधसभामा केन्द्रीय सदस्य वीरेन्द्रलाल नेपाली, संविधानसभा सदस्यहरू राजेन्द्रबहादुर अमात्य, रामेश्वर रौनियार, अनिल रूँगटालगायतले मन्तव्य राखेका थिए ।



प्रतिक्रिया दिनुहोस्