Logo

अख्तियार आयुक्तमा कस्को नियुक्ति ?



काठमाडौं, ३० मंसिर । नयाँ अध्यादेशबमोजिम बसिरहेको संवैधानिक परिषदको बैठकले महत्वपूर्ण नियुक्तिहरु गर्दैछ । अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्तसहित दुई रिक्त आयुक्तहरुको नियुक्ति गर्ने तयारी गरेको छ ।

विश्वस्त स्रोतका अनुसार अख्तियारको प्रमुख आयुक्तमा प्रेमकुमार राईको सम्भावना रहेको छ । उनी पूर्व गृहसचिव हुन् । आयुक्तहरुमा केही पूर्व सचिव तथा पूर्व प्रहरी तथा राष्ट्रिय अनुसन्धान प्रमुखहरुमध्येबाट नाम चयन हुँदैछ । सिफारिश नामहरुबाट चयन हुन लागेको बुझिएको छ ।

नयाँ अध्यादेश बमोजिम परिषदको अध्यक्षसहित बहुमत सदस्यले बैठक राख्न गणपूरक पुग्ने र निर्णय समेत लिनसक्ने व्यवस्था छ । तर, अध्यादेशबमोजिम नियुक्त भएकाहरु सोही अध्यादेश संसदबाट अनुमोदन नभए पदमुक्त हुनसक्छन् । त्यसैले अध्यादेश संसदबाट पारित हुनुपर्ने अनिवार्य हुन्छ ।

 



प्रतिक्रिया दिनुहोस्