वीरगंज, १ पुस । अवैधरुपमा प्याज भण्डारण गरेको सूचनाको आधामार पर्सा प्रहरीले छापामारी गरी ठूलो परिमाणमा प्याज बरामद गरेको छ । बलिरामजी प्रसाद कलवारले वीरगंज–६ मीनाबजारमा अवैधरुपमा भण्डारण गरेको २१ हजार किलो बराबरको प्याज प्रहरीले छापामारी गरी बरामद गरेको हो ।
भारतबाट भन्सार छली वीरगंजमा ल्याएर भण्डारण गरिएको १३ लाख २५ हजार मूल्य बराबरको प्याज बरामद गरी आवश्यक कारबाईको लागि वीरगंज भन्सार कार्यालय बुझाएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।