काठमाडौं, १ पुष । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक अझै सुरु भएको छैन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठकमा नजाने अडान लिएपछि स्थायी कमिटी बैठक अझै सुरु भएको छैन् । स्रोतकाअनुसार बैठकमा आउनको लागि अर्का अध्यक्ष पुष्पकमल दाहालले ओलीलाई भेटेरै आग्रह गरेका छन् ।
तर, उनले दाहालको प्रस्तावमाथि छलफल हुने भए आफू बैठकमा सहभागी नहुने जवाफ दिएका छन् । यो बीचमा दाहालले ओलीसँग लगातार दुई पटक छलफल गरिसकेका छन् । अहिले पनि महासचिव विष्णु पौडेलको सहभागितामा अध्यक्षद्धय ओली र दाहालबीच छलफल जारी छ । उता, हलमा भने स्थायी कमिटी सदस्यहरु बैठक सुचारु हुने आशामा कुरेर बसेका छन् । File Photo/ReportersNepal