काठमाडौं, २ पुस । प्रतिनिधिसभाअन्तर्गत रहेको सार्वजनिक लेखा समितिले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई बोलाएको छ । भोलि बस्ने समितिको बैठकमा मन्त्री ढकाललाई बोलाएर स्वास्थ्य सामग्री खरिदबारे अनियमितता भएको आशंकामा छलफल गरिने भएको छ । समिति सभापति भरतकुमार शाहका अनुसार बैठक भोलि दिउँसो १ बजे बस्ने छ । समितिले यो प्रकरणमा छानबिन गरिरहेको छ । file photo