काठमाडौं, ४ पुष । प्रधानमन्त्री केपी शर्मा ओली पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् । पार्टीभित्र विवाद बढिरहेको बेलामा ओली दाहाल निवास पुगेका हुन् । अध्यक्षद्धयबीच पार्टी विवाद हल गर्ने विषयमा केन्द्रित रहेर छलफल भैरहेको जनाईएको छ ।