काठमाडौं, ५ पौष । राष्ट्रिय जनता पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गर्न गरेको सिफारिश अस्थिरता ल्याउने उद्देश्यबाट प्रेरित रहेको टिप्पणी गरेका छन् । उनले ट्वीटरमा भिडियो सन्देशमार्फत् लोकतन्त्रमाथि नै प्रहार भएको बताएका छन् ।
‘हिजोको संसदीय प्रणालीबाट अस्थिरता आएकाले हामीले नयाँ संविधानबाट स्थिरता ल्याउन खोजेका हौं,’ डा. भट्टराईले भने, ‘यो प्रधानमन्त्रीबाट गैरजिम्मेवारपूर्ण हर्कत हो ।’ उनले सबै मिलेर यसको प्रतिवाद गर्नुपर्ने बताए ।