काठमाडौं, ५ पुष । संविधानविद् डा. भीमार्जुन आचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्न गरेको सिफारिशको कदमलाई संविधानमाथिको कू को संज्ञा दिएका छन् । रिपोर्टर्स नेपाल डटकमसँगको संक्षिप्त कुराकानीमा डा. आचार्यले भने,ओलीले संवैधानिक राजनीतिक व्यवस्थालाई अन्त्य गर्न खोज्या देखियो। यो अनिष्ट जस्तो लाग्छ,संवैधानिक र राजनीतिक व्यवस्थाका लागि, संविधानले यो अपेक्षा गरेको छैन। ओलीले जे गरे त्यो सम्पूर्ण रूपमा असंवैधानिक कदम हो।यो संविधान माथिकै कू हो।ु सरकारले अविश्वासको मत पाएर अर्को सरकार बन्न सकेन भनेमात्रै विघटन हुन सक्ने डा. आचार्यको भनाई छ । आज आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद विघटन गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो। File Photo