काठमाडौं, ५ पुष । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम गलत भएको भन्दै कडा विज्ञप्ती निकालेका छन् । प्रधानमन्त्री ओलीको सिफारिशमा राष्टपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि उपाध्यक्ष गौतमले यस्तो विज्ञप्ती निकालेका हुन् ।
उनले विज्ञप्ती सार्वजनिक गर्दै लेखेका छन्,”गत आम निर्वाचनबाट झण्डै दुई तिहाई बहुमत प्राप्त गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले यस संसदको कार्यकाल दुई वर्ष बाँकी हुँदाहुँदै नेपालको संविधानको मर्म र भावना विपरित प्रतिनिधिसभा विघटन गर्न राष्टपतिबाट जारी गराउने गैरसंवैधानिक कदम गलत र भत्र्सना योग्य छ । यसद कदमले देशमा राजनीतिक अस्थिरता बढाउने र संघीय लोकतान्त्रिक गणतन्त्रका सम्पूर्ण मूल्य र मान्यतालाई समाप्त पार्नेछ ।”