Logo

संसद सचिवालयले भन्यो : प्रधानमन्त्री ओलीविरुद्ध पुस ५ गते ३ः३० बजे अविश्वासको प्रस्ताव दर्ता भएको थियो



काठमाडौं, ८ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको समयबारे फरक फरक कुरा बाहिर ल्याएको संघीय संसद सचिवालयले पूनः आज उक्त प्रस्ताव पुस ५ गते अपरान्ह साढे ३ बजे दर्ता भएको स्पष्ट पारेका छन् ।

संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले विज्ञप्ति जारी गर्दै सभामुखलाई सम्बोधन गर्दै विधिवत् पेश भई सभामुखको तोक आदेशपछि सोही दिन अपरान्ह ३ बजेर ३० मिनेटमा कार्यव्यवस्था शाखा प्रतिनिधि सभामा अविश्वासको प्रस्ताव दर्ता भएको जनाएको छ। संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले ५ गते नै उक्त प्रस्ताव दिउँसो साढे ३ बजे दर्ता भएको उल्लेख गरेका थिए।

हेरौं सचिवालयको स्पष्टीकरण पत्र :

 

 



प्रतिक्रिया दिनुहोस्