एजेन्सी, ९ पुस । विश्वलाई कोरोना भाइरसविरुद्वको खोप प्रदान गर्न चिनियाँ खोप उत्पादन कम्पनि सिनोभ्याकले आफ्नो कामलाई तीव्रता दिएको छ । खोप उत्पादन गर्न कम्पनीले २४ घण्टा उत्पादनको कामलाई तीव्रता दिएको हो ।
कर्मचारीलाई सिफ्ट अनुसार खोप उत्पादन देखि प्याकिङको काम सम्पन्न गर्न खटाइएको छ । उत्पादनलाई दोब्बर गर्न कम्पनी विभिन्न फेसिलिटीहरुको व्यवस्था समेत गर्नेछ । कम्पनीले पहिलो उत्पादनमा ३० करोड खोप निर्माण गनेछ भने अर्को वर्षको सुरुवात देखि ६० करोड डोज निर्माण गर्ने भएको छ । यसले प्रत्येक वर्ष ६० करोड डोज उत्पादन गर्न सक्ने प्रतिबद्वता लिएको छ ।
खोप निर्माता कम्पनी सिनोभ्याकले उत्पादनमा कुनै प्रकारको कमि नआउन कडा नियमलाई लागु गरी उत्पादनलाई तीव्रता दिएको छ । खोपलाई उत्पादन गरिए पश्चात यसलाई २ डिग्री देखि ८ डिग्री सम्ममा राख्नु पर्ने हुन्छ । उत्पादनको प्रत्यक चरणलाई कम्पनीले गम्भीर रुपमा निगरानी गरिरहेको छ ।-Photo: Agency