काठमाडौं, पुस १२ चीनको कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ नेतृत्वको एक उच्चस्तरीय प्रतिनिधिमण्डल आज काठमाडौं आईपुग्दै छ। नेकपामा आएको विभाजनले नेपालमा राजनीतिक अस्थिरता बढ्ने जाँदा नेपालको राजनीतिक घटनाक्रमबारे जानकारी लिन चार सदस्यीय चिनियाँ टोली नेपाल आउन लागेको हो ।
उपमन्त्री कुओ नेतृत्वको प्रतिनिधिमण्डल टोली चार दिने भ्रमणमा नेपाल आउन लागेको हो । नेपाल भ्रमणके क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधनमन्त्री केपी शर्मा ओली, नेकपाको एक समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल, माधवकुमार नेपाललगायत नेतासँग भेटवार्ताको कार्यक्रम रहेको छ ।
नेकपा विभाजनपछि चिनियाँ कम्युनिस्ट पार्टीका तर्फबाट नेपाल आउन लागेको कुओ नेतृत्वको यो उच्चस्तरीय भ्रमण टोली हो।