पुष १५, काठमाण्डौ । पछिल्ला केहि दिनयता कोरोना संक्रमण हुनेको संख्याको साथै दैनिक मृत्यु हुने संख्या घट्दै गएको छ । पछिल्लो २४ घण्टामा नेपालमा ५ सय ११ जना कोरोना संक्रमित थपिएका छन् । ५ हजार १ सय १० जनाको पिसिआर परीक्षण गर्दा काठमाडौं उपत्यकामा बुधबार मात्र ३ सय १२ जना संक्रमित थपिएका छन । यो सँगै कुल संक्रमितको संख्या २ लाख ६० हजार ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा ६ सय जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको भएर घर फर्किनेमा २ लाख ५१ हजार ९ सय १२ जना रहेका छन् । निको हुने दर नेपालमा ९६. ९ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैगरी २४ घण्टामा ७ संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ४७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले जानकारी दिए ।
मन्त्रालयले नेपाल अझै कोरोना संक्रमणको उच्च जोखिमको अवस्थामा रहेको जनाएको छ । विश्वमा कोरोनाको खोपको विकास भइरहेको शुभ संकेत देखिएको र खोप प्राप्तीका लागि सरकार योजनावद्ध तरिकाले लागेको पनि प्रवक्ता गौतमले जानकारी दिएका छन् । मन्त्रालयले कोरोना परीक्षण गर्ने व्यक्तिको बसोबास गरिरहेको ठेगाना अनिवार्य रूपमा उल्लेख गर्न अनुरोध गरेको छ । नमुना संकलन गर्ने क्रममा विभिन्न निकायलहरूले आ—आफ्नो तरिकाले व्यक्तिको ठेगाना उल्लेख गर्नाले संक्रमितलाई परिचान गर्न कठिन भएको मन्त्रालयको गुनासो छ । त्यो नगरिए नियमानुसार कारबाही हुने मन्त्रालय प्रवक्ता गौतमले चेतावनी दिएका छन् ।
अहिले देसभर सक्रिय संक्रमितको संख्या ६ हजार ३ सय रहेको रहेको छ । उनीहरु मध्ये २ हजार ८ सय २३ जना होम आइसोलेसनमा रहृेका छन भने बाकीको संस्थागत आइसोलेसनमा उपचारत रहेका छन् । उपचारमा रहेका मध्ये २ सय १७ जना आइसिय ुर ३७ जनाको भेन्टिलेटरमा उपचारत भएका छन् । देशभरका क्वारेन्टिनमा ३ सय ६२ जना रहेका छन् । हाल काठमाडौमा मात्रै ५ सय भन्दा बढी संक्रिय संक्रमित रहेका छन् । महोतरी सर्लाही,मुगु र रुकुम पश्चिमामाम कोरोना संक्रमित छैन्न ।
https://www.facebook.com/primetimestvnepal/videos/2760304490878350