Logo

सडकमा दूध पोख्नुपर्ने अवस्था अन्त्य हुन्छ : मुख्यमन्त्री पौडेल



वाग्मती, १६ पुस: वाग्मती प्रदेश सरकारले प्रदेश दुग्ध विकास बोर्ड मार्फत धुलो दूध उत्पादन गर्ने भएको छ । अधिक उत्पादन भएको समयमा दूध सङ्कल गरेर धुलो बनाउने र कम उत्पादन भएको बखत वितरण गर्ने उद्देश्यले दुग्ध पाउडर कारखाना स्थापना गर्न लागिएको हो । मुख्यमन्त्री डोरमणि पौडेलले कारखानाकोे आज शिलान्यास गर्दै उत्पादित वस्तुको बजारीकरण नगर्ने परिपाटीको अन्त गर्न दुग्ध पाउडर कारखाना स्थापना गर्न लागिएको जानकारी दिए । उनले कारखाना सञ्चालनमा आएपछि सडकमा दूध पोख्नुपर्ने अवस्था अन्त्य हुने र प्रदेश सरकारले किसानका पक्षमा काम गर्दै आएको बताए ।

कार्यक्रममा प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले कृषि क्षेत्रको विकासका लागि सरकार प्रतिवद्ध छ भने ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्