Logo

हालै मन्त्री बनेका प्रभु साहलाई ब्याडलक, गाडीले पैदलयात्रीमाथि ठक्कर दियो



काठमाडौं, १८ पौष । गुट परिवर्तन गरी सहरी विकासमन्त्री बनेका प्रभु साहलाई ब्याडलक भएको छ । गृह क्षेत्रमा जाँदा उनको सवारीले एकजना पैदलयात्रुलाई ठक्कर दिएको छ ।

ठक्कर दिएपछि मन्त्री साह सवार गाडी उद्धार समेत नगरी घटनास्थलबाट हुइँकिएको थियो । घाइते पैदलयात्रुलाई अरुले नै हरिवनस्थित स्वाभिमान अस्पतालमा पुर्याएका थिए ।

मन्त्री साह चढेको ना १ झ ३८४२ नम्बरको जिपले लालबन्दीमा बच्चु तामाङलाइ ठक्कर दिएको थियो । त्यतिबेला मन्त्री चढेको गाडी पश्चिमबाट पूर्वतर्फ हुइँकिदै थियो । तामाङलाई ठक्कर दिएपछि उद्धारका लागि मानिसहरु जम्मा भएका थिए ।

झण्डासहितको गाडी त्यहाँबाट हुईकिएको थियो । घटनाको जिल्ला प्रहरी कार्यालय सर्लाहीले पुष्टि गरेको छ ।

प्रचण्ड समूहबाट गुट परिवर्तन गरी प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको समूहमा छिरेका प्रभु साह एक हप्ता अघि मन्त्री बनाइएका थिए ।



प्रतिक्रिया दिनुहोस्