Logo

पेस्तोल भुँईमा झरेपछि…



काठमाडौं, १९ पुस । काठमाडौं कोटेश्वरबाट प्रहरीले हतियार बरामद गरेको छ । गोली लोड गरिएको १ थान कटुवा पेस्तोल आइतबार बिहान प्रहरीले बरामद गरेको हो ।

कोटेश्वर चोक नजिक बाटोमा अपरिचित व्यक्तिले भक्तपुर बस्ने सिन्धुली घर भएका २५ वर्षीय पुरुषलाई कटुवा पेस्तोल देखाई मोबाइल लुटने क्रममा प्रतिवाद गर्दा कटुवा पेस्तोल भुँईमा झरेपछि उनी जडिबुटीतर्फ फरार भएको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उक्त पेस्तोल बरामद गरेको बताएको छ । फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्