Logo

दीपिका पादुकोण ‘धुम ४’ मा स्टाइलिस्ट चोर



एजेन्सी, २० पुस । यशराज फिल्मको एक्शन फ्रेन्चाइजी ‘धुम’ को चौथो फिल्मको फ्यानहरु पर्खाइ छन् । यो फिल्ममा अभिषेक बच्चन र उदय चोपडा कारोल त सधै निश्चित हुन्छन् । तर खलनायक हरेक पटक फेरिन्छन् । ‘धुम ४’ लाई लिएर एक खबर बाहिर आएको छ । यस फिल्ममा पुरुषलाई नभएर महिला चोरलाई देख्न सकिनेछ ।

समाचार अनुसार यशराज ब्यानरले ‘धुम ४’ मा दीपिका पादुकोणलाई स्टाइलिस्ट चोरको रुपमा पेश गर्ने निर्णय गरेको छ । यसमा दीपिका पादुकोण र यशराज ब्यानरबीच लगातार कुरा भैरहेको छ । अहिले दीपिका पादुकोण शुर्टिङको मिती आफ्नो क्यालेन्डरमा मिलाउने कोशिशमा छिन् ।

यदि सबैकुरा ठिक भएमा ‘धुम ४’ को शुर्टिङ यो वर्षको अन्त सम्ममा सुरु हुने भएको छ । दीपिकाले अहिलेसम्म आफ्ना फ्यानहरुलाई धेरै प्रकारका भुमिकामा शसक्त अभिनय गरेर देखाइसकेकी छिन् । यस पटक भने नयाँ फिल्ममा फ्यानहरुलाई आश्चर्यमा पार्ने भएकी छिन् । यस फिल्ममा हलिउड स्तरको एक्शन सीन्सहरु देखिनेछन् ।

यशराज ब्यानरको धुम सीरीज बलिउडको पहिलो सफल फ्रन्चाइजी हो, जसको पहिलो तीन फिल्महरुलाई दर्शकहरुले धेरै मन पराएका थिए । हालसम्म जोन अब्राहम, रितिक रोशन र आमिर खान यस फ्रेन्चाइजीमा चोरको भुमिकामा देखिएका थिए ।



प्रतिक्रिया दिनुहोस्