Logo

रातो बिकिनीमा कियारा आडवाणीको तस्वीर भाइरल



एजेन्सी, २० पुस । बलिउड अभिनेत्री कियारा आडवाणी हाल मालदिभ्समा आनन्द लिइरेहेकी छिन् । यस क्रममा कियारा लगातार आफ्नो आकर्षक तस्वीर फ्यानहरुलाई सेयर गर्दै आएकी छिन् । भर्खरै मात्र कियाराले एक तस्वीर सार्वजनिक गरेकी छिन् जसमा उनी बोल्ड देखिएकी छिन् । तस्वीरमा कियारा आडवाणी रातो बिकिनी लगाएर सुमुन्द्रि तटमा देखिएकी छिन् । उनले सनग्लासेसको साथमा हेड्सक्राफ लगाएकी छिन् ।

कियारा यस लुकमा धेरै स्टाइलिस्ट देख्न सकिन्छ । उनका फ्यानहरुले निकै तारिफ गरीरहेका छन् । अभिनेत्रीको तस्वीरमा फ्यानहरुले आकर्षक र सुन्दर लेखेर कमेन्ट गरेका छन् । यसको साथै हार्ट र फायरको इमोजी बनाएर कमेन्ट पनि गरिरहेका छन् ।

यो भन्दा पहिला कियाराले गोल्डेन कलरको बैकलेस ड्रेस लगाएको एक तस्वीर सेयर गरेकी थिइन् । तस्वीर रुखका लहरामा देखिएको थियो र उनको हातमा ह्याट थियो । कियारा अब अभिनेता सिद्वार्थै मल्होत्रासँग डेट गरिरहेकी छिन् । यो समयमाहरु मालदिभ्समा रमाइलो गरिरहेका छन् । हालसम्म दुवैजनाले यस कुराबारे खुलासा गरेका छैनन् ।

कियारा पछिल्लो समय अक्षय कुमारको फिल्म ‘लक्ष्मी’ मा देखिएकी थिइन् । फिल्ममा उनले गरेको अभिनयको निकै तारिफ भएको थियो । यसको साथै उनी ‘इन्दु की जवानी’मा पनि देखिएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्