Logo

सेञ्चुरी बैंकको थप ७ शाखा सञ्चालनमा



काठमाडौं, २२ पुस । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले सोमबारदेखि विभिन्न ७ स्थानहरुमा नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । बाँके, मुस्ताङ्ग, ललितपुर, काठमाडौं, भक्तपुर र काठमाडौंका विभिन्न स्थानमा भर्चुअल माध्यमबाट शाखाहरुको उद्घाटन गरिएको बैंकले जनाएको छ ।

नयाँ विस्तार भएका बैंकका शाखाहरुको उद्घाटन सञ्चालक समितिका सदस्यहरुको उपस्थितिमा भर्चुअल रुपमा सम्पन्न गरेको बैंकले जनाएको छ । हिजो उद्घाटन भएका बैंकको ७ शाखाहरु सहित एक सय २० शाखा पुग्ने भएको छ । त्यस्तै बैंकले विभिन्न स्थानमा शाखारहित बैकिंग सेवा तथा एक्सटेनसन काउन्टरहरु संचालनमा रहि ग्राहकहरुलाई बैंकिंङ्ग सेवा प्रदान गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्