Logo

नेप्सेले गर्यो नेपाल इन्भेष्टमेन्ट बैंकको मुल्य समायोजन



काठमाडौं, २२ पुस । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेपाल इन्भेष्टमेन्ट बैंकको शेयरमुल्य समायोजन गरेको छ । बैंकले बुक क्लोज गरेसँगै नेप्सेले बुधबार नयाँ शेयरमुल्य निर्धारण गरेको हो ।

बैंकको शेयर प्रतिकित्ता ५४० रुपैयाँ अन्तिम कारोबारको आधारमा १३ प्रतिशत बोनस शेयर समायोजन गरेर प्रतिकित्ता शेयरमुल्य ४७८ रुपैयाँ नेप्सेले कायम गरेको हो । बैंकले ३४ औं साधारण सभा माघ ८ गते बिहान १० बजे केन्द्रिय कार्यालयमा बोलाएको छ ।

सभाले गत आर्थिक वर्षको अन्त्यसम्म कायम भएका चुक्तापुँजीको १३ प्रतिशत बोनस शेयर र ५.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने जानकारी दिएको छ । यसको साथै बैंकको पुँजी १८ अर्ब पु¥याउने, उपयुक्त बित्तीय सस्थासँग गाभ्ने सम्बन्धि सम्पुर्ण कार्य सञ्चालक समितिलाई अख्तियारी दिने र शेयरधनीहरु मध्ये दुई जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।



प्रतिक्रिया दिनुहोस्