Logo

सिनर्जी पावर डेभलपमेन्टसहित तीन कम्पनीको साधारण सभा आज हुँदै



काठमाडौं, २२ पुस । आज तीन वटा कम्पनीको साधारणसभा हुने भएको छ । सिनर्जी पावर डेभलपमेन्ट, बोटलर्स नेपाल तराई र युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको सभा हुने जनाइएको छ ।

सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले रजिष्टर्ड कार्यालय नक्सालमा बिहानको ११ बजे सभा बोलाएको छ । ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभाले पारित गर्ने भएको छ । उक्त लाभांश पुस ११ गतेसम्म कायम भएका शेयरधनीहरुले पाउनेछन् ।

त्यस्तै, बोटलर्स नेपाल तराईले कम्पनीको कार्यालय बालाजुमा दिउँसो २ बजे सभा बोलाएको छ । आव ०७६÷०७७ को वार्षिक प्रतिवेदन पारित गर्ने जनाएको छ ।

युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले कम्पनीकै रजिष्टड कार्यालय हेरिटेज प्लाजा कमलादीमा साधारण सभा बिहान ११ बजे बोलाएको छ । ५.२६५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभाले पारित गर्नेछ । गत पुस ४ गतेसम्म कायम भएका शेयरधनीहरुले लाभांश पाउनेछन् ।



प्रतिक्रिया दिनुहोस्