एजेन्सी, २३, पुस । राष्ट्रियसभा बैठक आज (बहीबार) १ बजे बस्दैछ । गत साता शुरु भएको हिउँदे अधिवेशनको दोस्रो बैठक आज बस्न लागेको हो । आजको बैठकमा प्रधानमन्त्री के पी शार्मा ओलीले मधेशी आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने भएसंगै राष्ट्रिय सभा अन्तरगत रहेको समितिका सदस्यहरुको हेरफेर गर्ने कार्यसुची रहेको जनाइएको छ ।
बैठकको कार्यसुची तय गर्नका लागि अहिले कार्यव्यवस्था परामर्श समितिको बैटक बसिरहेको जनाइएको छ ।-File photo