Logo

डेढ लाखसहित सव–इन्जिनियर नियन्त्रणमा



काठमाडौं, २३ पुस । भानु नगरपालिका राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण आयोजनामा कार्यरत सव–इन्जिनियर सुरेन्द्र अधिकारीलाई रंगेहात अख्तियारले नियन्त्रणमा लिएको छ ।

विद्यालयको भौतिक संरचना निर्माणमा निकासा दिलाइदिए वापत अतिरिक्त रकम माग गरेको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १ लाख ५० हजार रुपैयाँ अतिरिक्त रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

भानु न.पा.बाटै नियन्त्रणमा लिई अधिकारीमाथि थप अनुसन्धान भैरहेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्