Logo

मालपोत कार्यालयका नासुसहित २ जना अख्तियारको नियन्त्रणमा



काठमाडौं, २३ पुस । मालपोत कार्यालय हरिवन, सर्लाहीका नायव सुब्बा बेदनिधी बराल र लेखापढी व्यवसायी राम सुन्दर महतोलाई अख्तियारले नियन्त्रणमा लिएको छ । लेखापढी व्यवसायी महतोले जग्गाधनी दर्ता प्रमाण पत्र (लालपुर्जा) मा नाम संशोधन वापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको उजुरीको आधारमा अख्तियारले रकमसहित नियन्त्रणमा लिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले महतोलाई सेवाग्राहीबाट लिएको ११ हजार रुपैयाँ सहित नियन्त्रणमा लिएको थियो । साथै कार्यालयका नायब सुब्बा बरालसमेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्