Logo

सानिमा बैंकको ऋणपत्र बाँडफाँट सम्पन्न



काठमाडौं, २३ पुस । सानिमा बैंकले ऋणपत्र बाँडफाँड गरेको छ । पुस १ गतदेखि १५ गते सम्म निष्काशन तथा बिक्रि खुला गरेको ‘८.५० प्रतिशत सानिमा डिबेञ्चर २०७८’ पुस २१ गते बाँडफाँट गरेको जनाएको छ ।

उक्त बाँडफाँडलाई संचालक समितिको पुस २२ बसेको बैठकले अनुमोदन गरिसकेको छ । बैंकले वार्षिक ८.५० प्रतिशत ब्याज पाउने ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्रि गरेको जनाएको छ । निष्काशन भएका ऋणपत्रमध्ये २ अर्ब ४० करोड रुपैयाँ बराबरकोे २४ लाल कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट र १ अर्ब ३० करोड रुपैयाँ बराबरको १६ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि बाँडफाँड गरेको हो ।

ऋणपत्रको निष्काशन र बिक्रि प्रबन्धकमा सानिमालले एनआईसी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । १० वर्ष अवधि रहेको उक्त ऋणपत्रमा बैंकले वर्षको ८.५ प्रतिशतको दरले प्रत्येक आवको प्रथम र द्वितिय अर्धवार्षिक समाप्त भएपछि भुक्तानी गर्ने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्