Logo

यातायात कार्यालयमा सेवाग्राहीलाई अनावश्यक दुःख दिने पक्राउ



काठमाडौं, २३ पुस । सेवाग्राहीलाई अनावश्यक दुःख हैरानी दिएको अभियोगमा एकजना पक्राउ परेका छन् । चन्द्रागीरी गुर्जुधारास्थित यातायात कार्यालयमा आउने सेवाग्राहीलाई अनावश्यक दुःख हैरानी दिएको अभियोगमा बाँके घर भएका बाल कृष्ण खत्रीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

यातायात कार्यालयमा आउने सेवाग्राहीलाई अनावश्यक दुख हैरानी दिने र बाटो बाटै तानेर आफ्नो सटरतिर लैजाने गरेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त थानकोटबाट प्रहरीले खत्रीलाई पक्राउ गरेको जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्