Logo

झिनो रकमले घट्यो सुनको मुल्य



काठमाडौं, २४ पुस । नेपाली बजारमा आज सुनको मुल्य घटेको छ । केही दिनयता निरन्तर बढ्दै गएको सुनको मुल्य बिहीबार १३ सयले घटेको थियो ।

शुक्रबार सुनको मुल्य १ सय रुपैयाँले घटेर छापावाल सुन प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजाबी सुनको मुल्य प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा खरिद बिक्रि भैरहेको छ ।

यसैगरी, चाँदीको मुल्य भने आज स्थिर रहेको छ । बिहीबारदेखि चाँदी प्रतितोला १ हजार ३३० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्