Logo

ग्लोबल आइएमई बैंक र हेफर इन्टरनेसनलबीच सम्झौता



काठमाडौं,२४ पुस । ग्लोबल आइएमई बैंक र हेफर इन्टरनेसनल नेपालबीच सहुलियतपुर्ण कृषि कर्जामा सम्झौता भएको छ । अनुदान कर्जामा साना किसानको पहुँच बढाउने उद्देश्यले सम्झौतापत्रमा हस्ताक्षर भएको जनाएको छ ।

सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र हेफर इन्टरनेसनलको तर्फबाट राष्ट्रिय निर्देशक डा. शुभनारायण महतोले हस्ताक्षर गरेका हुन् । दुई पक्षबीच भएको सम्झौता अनुसार ग्लोबल आइर्एमई बैंकले स्थानिय सहकारीको सिफारिसमा गुल्मीका बिभिन्न स्थानमा डेरी, तरकारी खेती, कुखुरा, बाख्रा, माछापालन उत्पादन गर्ने कृषकलाई सहुलियत ऋण उपलब्ध गराउने छ ।

हेफर इन्टरनेशनलले सहकारीको सिफारिसमा साना किसानलाई आवश्यक तालिम व्यवस्था गर्ने जनाएको छ । सम्झौता अनुसार कार्य अगाडी बढेमा गुल्मीका महिला, सीमान्तकृत पछाडी परेका स्थानिय कृषि उद्यमीहरुको आर्थिक स्तर उकास्न टेवा पुग्ने अपेक्षा गरिएको छ । बैंकले कृषकहरुलाई बैकिङ साक्षरता तथा सुचना प्रविधिको प्रयोग गर्न प्रोत्साहन गर्नेछ ।

हेफर इन्टरनेसनलले हालसम्म नेपालका ४१ जिल्लामा २ लाख ५४ हजार भन्दा धेरै साना किसानको दिगो जीविकोपार्जन विकासको लागि कार्यक्रम गर्दै आएको जनाएको छ ।

त्यस्तै, ग्लोबल आइएमईले आफ्नो सेवा केन्द्रको उपयोग गर्दै हेफर नेपालले पहिचान गरेका सामाजिक महिला उद्यमी सहकारीलाई बैंकसँग जोड्दै सेवा प्रदान गर्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस्