Logo

चोरीपैठारीको सामानसहित पक्राउ



रौतहट, २७ पुस । एक लाख ५८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामानसहित एकजनालाई सशस्त्र प्रहरी बलको टोलीले पक्राउ गरेको छ । रौतहटको यमुनामाई गाउँपालिका ४ स्थित सीमा ईलाकाबाट आइतबार करीव एक लाख ५८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको किराना सामानसहित ३७ वर्षका झगडु राय पक्राउ परेका हुन् ।
.
ना १ ज ३२–६ नम्बरको टेल्को पिकअप गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा निज रायलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण रौतहटबाट खटिएको एपीएफ टोलीले उक्त सामानसहित पक्राउ गरेको जनाएको छ ।
एपीएफ टोलीले सामान ल्याउन प्रयोग भएकोे गाडी समेत बरामद गरेको छ ।

पक्राउ परेका रायलाई बरामद सामान तथा गाडीसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गौरमा बुझाएको प्रहरीले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्