Logo

‘देशमा हिन्दुराष्ट्र् पुनःस्थापना गर्न जरुरी छ’



नवलपरासी, २७ पुस । जनताको चाहना र राष्ट्रको आवश्यकता बमोजिम हिन्दुराष्ट्र पूनःस्थापना गर्नु वाञ्छनीय रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ध्रुवबहादुर प्रधानले ठहर गरेका छन् ।

‘प्रजातन्त्र भनेकै जनताको शासन हो । प्रजातान्त्रिक शासन पद्धतिमा जनमतको कदर हुनु अपरिहार्य छ । यसैले हिन्दुराष्ट्रको माग गर्दै देशव्यापी उर्लेको जनलहरको कदर गरेर देशमा हिन्दुराष्ट्र् पुनःस्थापना गर्न जरुरी भएको छ,’ राप्रपाका सचिवालय प्रमुख प्रधानले महेशपुरमा आयोजित विरोध र्यालीलाई सम्बोधन गर्दै भने ।

र्यालीले नगर परिक्रममा गर्दै विरोध सभामा परिणत भएको थियो । प्रदर्शनको क्रममा राजसंस्था, हिन्दु राष्ट्रको पक्षमा, भ्रष्टाचार नियन्त्रण, सरकारको असफलता र प्रतिनिधिसभा विघठनको विरुद्धमा नारा लगाइएको थियो ।



प्रतिक्रिया दिनुहोस्