काठमाडौं, माघ १० । पश्चिमी वायुको सामान्य प्रभावका कारण मौसममा बदली देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका सुदुर पश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ । त्यस्तै, पश्चिमी तराई क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतय सफा रहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो सुदुरपश्चिम, कर्णाली, र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा प्रदेश न १ र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
यस्तै, रातीसम्म सुदुर(पश्चिम, कर्णाली, र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा प्रदेश न १, र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू–भागहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाले उल्लेख गरेको छ।
सुदुरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका एक, दुई स्थानमा हल्का बर्षाको सम्भाना देखिएको छ । उच्च हिमाली भु-भागका एक वा दूई स्थानहरुमा हल्का हिमपातकोसमेत सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।