Logo

कोरोनाबाट थप २ जनाको मृत्यु



काठमाडौं, १७ माघ । कोरोना संक्रमणबाट आज थप २ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या २०२७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा नयाँ संक्रमित १ सय ९ थपिएका छन् । आज ३ सय ५० जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ७० हजार ८ सय ५४ संक्रमित भएपनि २ लाख ६६ हजार ४८ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने २ हजार ७ सय ७९ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्