Logo

जनसन एण्ड जनसनद्वारा विकसित खोपले परिक्षणमा देखायो ६६ प्रतिशत प्रभावकारिता



एजेन्सी, १८ माघ । जनसन एण्ड जनसनद्वारा विकास भएको नयाँ खोपको तेस्रो परिक्षणले सकारात्मक नतिजा देखाएको छ । तेस्रो चरणको परिक्षणमा उक्त खोपले ६६ प्रतिशत प्रभावकारिता देखाएको हो ।

खोपले अत्याधिक विरामी भएको व्यक्तिलाई ७२ प्रतिशत प्रभावकारिता देखाएको जनाइएको छ । जनसन एण्ड जनसनको एक डोज खोप बजारमा उपलब्ध हुने पहिलो खोप बन्ने भएको छ । यसलाई आपतकालिन प्रयोग गर्न छिट्टै अनुमति दिइने जनाइएको छ । उक्त खोपको तेस्रो परिक्षण आठँ देशमा गरिएको छ । उक्त खोपको कुनै नकारात्मक असर नदेखाएको कम्पनीले जनाएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्