Logo

भूकम्पको धक्का महसुस



काठमाडौं, माघ १९ । सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का महसुस गरिएको छ । आज विहान २ बजेर ३४ मिनेटमा बझाङको गडराय आसपास केन्द्र भएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दाहालले जानकारी दिए। उक्त भूकम्प ३ दशमलव ७ रेक्टर स्केलको रहेको जनाइएको छ ।

यसैगरी आइतबार राति १२ बजेर ४६ मिनेटमा नेपाल–भारत सीमा खलङ्गाको उत्तर पश्चिम १८ किलोमिटर टाढा आसपास केन्द्र भएर भूकम्प गएको उनले बताए। उक्त भूकम्प ३ दशमलव ६ रेक्टर स्केलको रहेको केन्द्रले जनाएको छ ।

भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ । यसअघि गत पुस २८ गते दार्चुलाको सुनसेरा आसपास भएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको थियो भने पुस १९ गते पनि बैतडीको डिलाशैनी आसपास केन्द्र भएर ३ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्