Logo

कोरोनाबाट आज एकको मृत्यु



काठमाडौं, २१ माघ । कोरोना संक्रमणबाट आज थप १ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या २०३१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा नयाँ संक्रमित १ सय ४२ थपिएका छन् । आज २ सय ६ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । आज २ हजार ३ सय ३५ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म २० लाख ८१ हजार ६ सय ९५ जनाको पिसीआर परिक्षण भएको छ । त्यस्तै क्वारेन्टिनमा बस्नेको सख्या ९५ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्