Logo

राजनीति ठीक हुनुपर्दछ : प्रधानमन्त्री ओली (भिडिओसहित)



काठमाडौं, २२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीति ठीक हुनुपर्ने धारणा राखेका छन् । आज अखिल नेपाल किसान महासंघले काठमाडौंको प्रज्ञा भवनमा आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले देशको समग्र क्षेत्रमा उन्नति र प्रगति गर्नुपर्ने बताएका छन् । उनले किसानहरुले अब देशव्यापी रुपमा राजनीतिक जागरणलाई अगाडि बढाउनुपर्ने पनि धारणा राखे । किसानहरुको अब हुने जागरणले विभिन्न प्रकारका प्रतिक्रियावादी तत्वहरुलाई परास्त गर्न सक्ने पनि उनले जनाए । आज नेपालमा कम्युनिष्ट आन्दोलनको सबभन्दा ठूलो विरोधीहरु कम्युनिष्टकै खोल ओढेकाहरु भएको पनि उनको आरोप छ । Photo : Mukunda Kalikote/RN

https://www.facebook.com/ReportersNepal/videos/207050331123528



प्रतिक्रिया दिनुहोस्