काठमाडौं, २७ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका प्रभावशाली नेता घनश्याम भुषालले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान, संसदलाई घायल बनाएको गम्भीर आरोप लगाएका छन् । आज आयोजित आफू पक्षको भेलालाई सम्बोधन गर्दै भुषालले यस्तो बताएका हुन् । उनले भने–‘उहाँले संविधानलाई घायल बनाउनुभयो । संसदलाई बनाउनुभयो । अदालतमा मुद्दा छ । मान्नुहोस, यो अदालतको मुद्दामा ओलीजीले जित्नुभयो भने चुनाव गर्नुहुन्छ ।’ विगतमा कुनै संकटकालले आन्दोलन रोक्यो त ? भन्दै उनले प्रश्न गरे ।
नेपाली जनतालाई जिस्काउने काम नगर्न पनि ओलीलाई उनले चेतावनी दिए । उनले प्रधानमन्त्री ओलीलाई फालिने र सडकमा घिसारेर ल्याईने पनि चेतावनी दिए । उनले भने–‘संकटकालले, उनको आदेशले आन्दोलन रोकिन्छ भन्ने कुरा यो दुनियाँलाई जिस्काउने कुरामात्रै हो । त्यसपछाडि ओलीजीलाई फालिन्छ । सडकमा घिसारेर ल्याईन्छ ।’ File Photo/ReportersNepal
https://www.facebook.com/Devendra.Paudel.Sunil/videos/900002523872870