काठमाडौं, २९ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रामकुमारी झाँक्रीलाई अविलम्ब रिहा गर्न माग गरेको छ । आज (बिहीबार) प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी अभिव्यक्तिलाई नै राज्यविरुद्धको अपराध करार गरेर अधिनायक चिन्तन साथ प्रतिशोधपूर्ण राजनीति नगर्न सरकारलाई आग्रह गरेका हुन् । झाँक्रीलाइृ राज्यविरुद्धको कसुरमा प्रहरीले आज उनको निवासबाट पक्राउ गरेको थियो । झाँक्री पक्राउको अहिले चौतर्फी विरोध तथा आलोचना भैरहेको छ ।