Logo

आज १ सय २७ संक्रमित थप, १३६ जना संक्रमणमुक्त



काठमाडौं, ३० माघ । नेपालमा कोरोना भाइरसका आज १ सय २७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ७२ हजार ५ सय ५७ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज  १ सय ३६ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ६८ हजार ७ सय ९६ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्