Logo

लोकतन्त्रको रक्षाका लागि नयाँ जनमत राेजे : प्रधानमन्त्री ओली



काठमाडौं, ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको रक्षाका लागि जनतामा जाने निर्णय गरेको बताएका छन् ।

सरकार गठन भएको तीन वर्ष पुगेको अवसरमा प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्र संकटमा परेकाले लोकतन्त्रको रक्षाका लागि जनतामा जार्ने निर्णय गरिएको बताएका हुन । उनले भने– ‘जनादेशबाट आएका पात्रहरु गलत भएका कारण नयाँ जनादेश र नयाँ व्यक्ति चयनका लागि निर्वाचन घोषणा गरिएको हो ।’ अबको निर्वाचनले नयाँ जनादेश र व्यक्ति चयन गर्ने भन्दै प्रधानमन्त्री ओलीले निर्वाचन एक मात्र विकल्प रहेको बताए ।



प्रतिक्रिया दिनुहोस्