काठमाडौं, ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वोच्च अदालतमा आँफै उपस्थित् भएर अदालतको अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ पेश गरेका छन् । उनले आफूबाट अदालतको अवहेलना भएको भन्ने दाबी नै अनुचित र खारेजभागी रहेको स्पष्ट पारेका छन् । जवाफमा प्रधानमन्त्री ओलीले भनेका छन्–‘मेरो सम्मानित अदालतप्रति उच्च सम्मान रहेको छ । न्यायपालिकाको स्वतन्त्रता र कानूनी शासन लोकतन्त्रका प्रमुख आधारस्तम्भ हुन् । हाम्रो संवैधानिक प्रणाली शक्ति पृथकीकरण एवं नियन्त्रण तथा सन्तुलनको सिद्धान्तमा आधारित छ । लोकतन्त्र, विधिको शासन तथा स्वतन्त्र न्यायापालिकाको लागि पाँच दशकभन्दा लामो समयदेखि संघर्ष गरेको मैले न्यायालयको सम्मान कम हुने कार्य गरें भनी कल्पना गर्नु दूराग्रहपूर्ण छ । म तथ मैले नेतृत्व गरेको सरकारबाट सदैव सम्मान तथा कार्यान्वयन भैरहेको छ । सर्वोचच अदालतले संविधान र कानूनको व्याख्या पूर्णतः पालना र कार्यान्वयन भएका छन् । सम्मानित अदालतबाट हुने कामकारबाहीमा कुनै अवरोध गरिएको छैन् । कुनै फैसला वा आदेशको अवज्ञा गरिएको भन्ने दाबी निवेदकले लिन सकेको अवस्था छैन् ।’
हेरौं लिखित जवाफको पूर्णपाठ :