Logo

काठमाडौमा ३४ संक्रमित थपिए



काठमाडौं, ७ फागुन । काठमाडौं उपत्यकामा आज ३४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । देशभर ९७जना थपिएकोमा काठमाडौंमा मात्र ३४ जना थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज काठमाडौंमा थपिएका संक्रमित मध्ये १४ महिला र २० पुरुष रहेका छन् । आज  १ सय १४ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ७३ हजार २ सय ६३ संक्रमित भएपनि २ लाख ६९ हजार ६ सय १९ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने १५ सय ३८  जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ । आजसम्म २१ लाख ३४ हजार २ सय ६१ जनाको पिसीआर परिक्षण भएको छ भने क्वारेन्टिनमा बस्नेको सख्या ६८ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्