Logo

प्यारालाइसिसको उपचार गर्न नसकेका राजेश नगरकोटीको परिवारद्वारा सहयोगको अपिल



काठमाडौँ, ७ फागुन । प्यारालाइसिस भएर राजेश नगरकोटीको आर्थिक अवस्था कमजोर भएको कारण उनको उपचारका लागि अर्थिक सहयोग जुटाइदिन परिवारले अपिल गरेको छ । प्यारालाइसिसको उपचार अत्यन्तै महँगो भएको कारण उनलाई उपचार गर्न निकै कठिन भएको जानकारी गराउँदै परिवारले आर्थिक सहयोगको अपिल गरेको हो ।

२०७७ सालको दशैँको टिकाको भोली पल्ट नगरकोटी सिढीबाट लडेपछि उनको खुट्टाको घुडा नचल्ने भएपछि उनलाई उपचारको लागि काठमाडौँको बीर अस्पतालको ट्रमा सेन्टरमा भर्ना गरिएको थियो । १२ दिनको उपचारपछि उनी निको भएर अस्पतालबाट डिस्चार्ज भएका थिए । राजेशको घर नीलकण्ठ नगरपालिका धादिङबेसी हो ।

नगरकोटीलाई घर लगेपश्चात दुईदिन पछि एक्कासी उनको शरीरको बायाँ भागमा प्यारालाइसिस भएको उनको कान्छो छोरा कुसल नगरकोटी (श्रेष्ठ) ले जानकारी दिए । प्यारालाइसिस भएलगतै उनलाई फेरि बीर अस्पतालमा पुनः १२ दिनको उपचार गरिएको थियो । १२ दिनको उपचारपछि चिकित्सले घरमै अकुपञ्चर गर्न सल्लाह दिएका थिए ।

अकुपञ्चर गर्न दैनिक दुई हजार लाग्ने भएकाले गर्न धौ धौ परिरहेको बताए । ७ दिन सम्म चल्न अकुपञ्चरलाई आर्थिक अवस्था कमजोर भएको कारण ५ दिन मात्र गरिएको र पैसा निकाल्न नसक्दा चिकित्सकले पैसाको अभावमा उनको उपचार गर्न नमानेको परिवारले बताएको छ ।

राजेशका छोरा कुशलले भने,‘हाम्रो अर्थिक अवस्था कमजोर भएको कारण हामीले आफ्नो बुबाको उपचार गर्न सकेनौँ । हामीले नगरपालिकालाई समेत अािर्थक सहयोग गरिदिन अनुरोध गरेका छौँ । रकमको अभावमा चिकित्सकले समेत हाम्रो अवस्था बुझेनन् । त्यसकारण हामीले सहयोगको अपेक्षा रखेको छौँ ।’

नगरकोटी हाल ओछ्यानमै बसेर दैनिकी बिताइरहेको कुशलले जानकारी दिए । उनी बसोबास गर्दै आएको नगरपालिकाले समेत उनलाई आर्थिक सहयोग जुटाईदिन सिफारिस गरिसकेको छ । सहयोगी मन भएको व्यक्ति तथा उक्त सेवामा लाग्ने सामाजिक संस्थालाई उनको उपचारक लागि सहयोग जुटाइदिन परिवारले अपेक्षा रखेका छन् ।

सहयोग गर्ने इच्छुक महानुभावहरुले तल दिएको फोन नम्बरमा सम्पर्क गर्न सक्नु हुनेछ:

9847755338, 9869192050



प्रतिक्रिया दिनुहोस्