Logo

बाबुरामलाई नारायणकाजीको स्वास्थ्यलाभको कामना



काठमाडौं, १० फागुन । नेकपा दाहाल–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले स्वास्थ्योपचारको लागि भारतको नयाँ दिल्लीमा रहेका जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको स्वास्थ्यलाभको कामना गरेका छन् । भट्टराई उपचारको लागि हिजो दिल्ली पुगेका हुन् । दिल्लीमा उनलाई नेपाली राजदूत निलाम्बर आचार्यले हिजो डिनर–मिटिङ आयोजना गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्