काठमाडौं, ११ फागुन । वामपन्थी नेता राधाकृष्ण मैनालीले सर्वोच्च अदालतले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सदर गरे यो संविधान नै जाने घोषणा गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘म अहिलेपनि के प्रष्ट पारौं भने अदालतले के निर्णय गर्छ ? अदालतले दुई वटा कुरा, होईन जे होस ओलीले यो संविधानमाथि एक बञ्चरो हिर्काए, हामी पनि अर्को बञ्चरो हिर्काईदिउँ र यसलाई सिध्याईदिउँ भन्ने ठाउँमा अदालत पुग्यो भने पार्लियामेन्ट विघटन सदर गर्छ । अनि ओलीजीकै भनाईलाई ठिक गर्छ । त्यसको परीणाम भनेको के हो भने ढिलो÷छिटो यो संविधान जान्छ ।’