काठमाडौं, १२ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहको संसदीय दलको बैठक सम्पन्न भएको छ । संसद विघटन कार्य असंवैधानिक हो भनेर सर्वोच्च अदालतले आदेश दिएको र १३ दिनभित्र संसद बैठक बोलाउन आदेश भएकोले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने निश्कर्ष निकालेको उनले सुनाए । प्रधानमन्त्री ओलीले राजीनामा नदिए कसरी अघि बढ्ने भनेर आफूहरु छलफलमा रहेको सुनाए । उनले आफूहरुको पहिलो एजेण्डा ओलीको राजीनामा के हुन्छ ? भन्ने नै रहेको स्पष्ट पारे ।
सांसदहरूलाई माधव नेपालले भने : ओली पक्षका सांसदहरुको मानसम्मानमा कुनै कञ्जुस्याइँ नगर्नुहोला
राजीनामा नदिने संकेत गर्दै प्रधानमन्त्री ओलीको व्यङ्ग्यः लड्डु खाएछन् के पाउँछन् हेर्नुछ