काठमाडौं, १५ फागुन । नर्भिक अस्पतालमा भेन्टिलेटरमा उपचाररत कांग्रेस नेता नविन्द्रराज जोशीको स्वास्थ्यमा सुधार देखिएको छ। आज (शिनबार) विहानदेखि उनको स्वास्थ्य अवस्थामा सुधारका संकेत देखिएको जनाईएको छ । आज जोशीले बिहानदेखि दायाँ हातखुट्टा अलि–अलि चलाउन थालेका छन्। स्वास्थ्य स्थिर भएपनि उनी खतरामुक्त भने छैनन् ।
जोशीलाई मस्तिष्कघात भएको हो । उनको हिजो नै शल्यक्रिया भैसकेको छ । उनको उपचारमा संलग्न बरिष्ठ न्यूरो सर्जन डा. राजीव झाले जोशीको अवस्था गम्भीर रहेको प्रतिक्रिया दिईसकेका छन् । डा. झाका अनुसार मस्तिष्कघात भएपछि जोशीले बान्ता गरेको र त्यो बान्ता फोक्सोमा पनि पुगेको थियो। File Photo