काठमाडौं, फागुन १७ । सरकारले कोभिड १९ विरुद्धको खोप अभियानमा निजी क्षेत्रलाई समेत सहभागी गराउने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार निजी क्षेत्रले सशुल्क खोपसेवा दिन पाउनेछ। ‘अब कोभिड १९ विरुद्धको खोप अभियानमा निजी क्षेत्रलाई पनि सहभागी गराएर जाँदैछौं’, मन्त्रालयका सचिव लक्ष्मण अर्यालले भने।
सरकारले तीन साताअघि नै यो निर्णय गरिसकेको कोभिड १९ विरुद्धको खोप व्यवस्थापन समितिका संयोजक डा। श्यामराज उपे्रतीले बताए। तर प्रक्रियाामा पुग्न भने थप चारपाँच महिना लाग्न सक्ने उनको भनाइ छ। उनका अनुसार प्राथमिकतामा नपरेका तर अहिल्यै खोप लिन आवश्यक भएका व्यक्तिका लागि निजी क्षेत्रबाट खोप दिने तयारी भएको हो।
निजी क्षेत्र कोभिड १९ विरुद्धको खोपसेवामा सहभागी हुन निश्चित सरकारी प्रक्रिया पूरा गर्नुपर्नेछ। प्रक्रिया पूरा गरेपछि मात्र सरकारले तोकेका अस्पताल तथा केन्द्रबाट खोप दिइनेछ। डा उपे्रतीका अनुसार निजी क्षेत्रले खोपसेवा दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अनुमति लिनुपर्ने, खोप दिने केन्द्र दर्ता हुनुपर्ने, सरकारको सर्तअनुसार खोप भण्डारण स्थल हुनुपर्ने, सरकारले तोकेको शुल्कमा मात्र खोप दिनुपर्नेलगायतका सर्त राखिएको छ। नजी क्षेत्रले १० प्रतिशतमात्रै नाफा लिएर यो सेवा उपलब्ध गराउन पाउनेछ। यो हिसाबले प्रतिडोज करिब २२ सय रुपैयाँ खर्च लाग्नेछ।नागरिक दैनिकबाट