Logo

गोंगबुमा हत्या गरी शव टुक्रा पारेर फाल्ने कल्पनालाई आजीवन कारावासको सजाय, नाबालिक छोरीलाई सफाई



काठमाडौं, १९ फागुन । गोंगबु हत्या प्रकरणमा अदालतले कल्पना मुडभरीलाई दोषी ठहर गरी आजीवन कारावासको सजाय सुनाएको छ । काठमाडौं जिल्ला अदालतले १३ फागुनमा मुठभरीलाई दोषी ठहर गरेको हो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजेन्द्र अधिकारीको एकल इजलासले आजीवन कारावासको सजाय सुनाएको हो । कल्पनाकी नाबालिक छोरीले भने सफाई पाएकी छिन् । सुटकेशमा शव व्यवस्थापनमा कल्पनाकी छोरी समेत संलग्न रहेको खुलेको थियो ।

२५ साउनमा कल्पनाले आफ्नै कोठामा कृष्णबहादुर बोहराको हत्या गरी सुटकेशमा शव फालेकी थिइन् । चितवन घर भई गोंगबु बस्दै आएकी ३७ वर्षीया कल्पना र ४५ वर्षीय बोहराबीच निकट सम्बन्ध रहेको र लेनदेनको समेत विवाद भएको खुलेको थियो ।

प्रहरीसँगको बयानमा कल्पनाले आफूलाई बोहराले तनाव दिएपछि हत्या गरेको बताएकी थिइन् ।-फाइल तस्बिरः रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्